कांग्रेस महाधिवेशन : १३४ पदका लागि ४९१ जना चुनावी मैदानमा, मतदान आज

नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशनमा नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । शुक्रबारबाट सुरु भएको महाधिवेशनमा आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित भइसकेपछि आज बिहान ८ बजेबाट साँझ ५ बजेसम्म मतदानको कार्यतालिका निर्धारण गरिएको छ । 

सभापतिसहित १३४ पदका लागि ४९१ जना चुनावी मैदानमा छन् । कांग्रेसमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । काठमाडौंको भृकुटीमण्डपमा दुई वटा र राष्ट्रियसभा गृहमा एउटा गरी जम्मा तीन ठाउँमा मतदानस्थल निर्माण भएको छ ।

प्रकाशित नामावलीअनुसार एक सभापतिका लागि पाँचजना, दुईजना उपसभापतिका लागि सात जना, दुईजना महामन्त्रीका लागि ६ र आठजना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ । 

पहिलो चरणमा सबै पदको मतदान प्रक्रिया सम्पन्न भएपछि सभापति पदको मतगणना हुनेछ । पहिलो चरणमा सभापतिमा ५० प्रतिशत मत नकटाए दोस्रो चरणमा निर्वाचन हुनेछ ।






  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार ६:४६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया