विश्वप्रकाशलाई प्रश्न : तपाईं महामन्त्री भए के गर्नुहुन्छ ?

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा मतदानको समय सुरु भएको छ । मतदान हुन बाँकी छँदा उम्मेदवारहरू भने महाधिवेशन प्रतिनिधिहरूसँग मत माग्न व्यस्त छन् । 

मत माग्दै हिँड्नेमा देखिए विश्वप्रकाश शर्मा पनि । उनलाई पत्रकारहरूले सोमबार बिहान सोधे, ‘तपाईं महामन्त्री भए के गर्नुहुन्छ ?

मत माग्न व्यस्त शर्माले ‘बदलिएको कांग्रेस र बलियो कांग्रेस’ बनाउने योजना रहेको सुनाए ।

पत्रकारले थप प्रश्न गर्ने बुझेका उनले थपिहाले, ‘जित्न त पहिले मत माग्न दिनुहोस् ।’

तर, पनि पत्रकारहरूले एजेण्डा के हो भन्दै सोधिहाले । हतारमा रहेका शर्माले हिजो राजनीतिक परिवर्तन र आज राजनीतिमा परिवर्तन एजेण्डा रहेको बताए । 

शर्मा कांग्रेस प्रवक्ता हुन् । महामन्त्री पदमा उनको उम्मेदवारी सभापति पदका उम्मेदवार प्रकाशमान सिंह प्यानलबाट भएको छ । उनी कांग्रेसका चर्चित युवा नेतामध्येका एक हुन् ।





  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार १०:५९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया