कांग्रेसलाई गोकुल बाँस्कोटाको व्यंग्य : सम्मुनत भन्ने पार्टीको पानी ट्यान्कीमा भोट !

नेकपा एमालेका नेता गोकुलप्रसाद बाँस्कोटाले कांग्रेस महाधिवेशनका लागि बनाइएको मतपेटिकाबारे व्यंग्य गरेका छन् । उनले कांग्रेसले समुन्नत नेपाल बनाउने भन्ने तर  मतपेटिका चाहिँ पानी ट्यांकी बनाएको भन्दै व्यंग्य गरेका हुन् ।

‘जे होस कांग्रेस महाधिवेशनमा समुन्नत नेपालको चमत्कारिक भावी रंगिन चित्र पानीट्याङ्कीको मतपेटिका सानदार रूपमा प्रदर्शन भइरहेको छ,’ बाँस्कोटाले ट्विटरमा लेखेका छन्, ‘कमसेकम यसका आविष्कारकको ढ्वाङ्ग भरियोस्, भव्य सफलताको शुभकामना ।’  

इलेक्ट्रोनिक भोटिङ सिस्टमको प्रयोग आइसके पनि कांग्रेसले पुरानै प्रणालीबाट मतदान गर्ने भएपछि बाँस्कोटाले व्यंग्य गरेका हुन् । 

कांग्रेसले इलेक्ट्रोनिक भोटिङ सिस्टम प्रयोग नगरी ५ सय लिटरको प्लाष्टिकको ड्रमलाई मतपेटिका बनाएको छ । १४ औं महाधिवेशनको मतदान आज भृकुटीमण्डपमा भइरहेको छ ।   





  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार ११:१६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया