काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले धर्मनिरक्षताबारे जनमतसंग्रह गर्नुपर्ने बताएका छन् ।
कुमार भट्टराईद्वारा लिखित ‘शिव लीला’ र ‘अग्रता काली’ भजनसंग्रहको विमोचन समारोहमा बोल्दै डा. कोइरालाले यस्तो बताएका हुन् ।
कृति विमोचन कार्यक्रममा प्रा.डा. गोविन्दराज भट्टराई, हरिहर विरही, कविर राणा, विश्व हिन्दू महासंघका अध्यक्ष दामोदर गौतम पनि सहभागी थिए ।
कांग्रेस महामन्त्री कोइरालाले हिन्दूजस्तो अरू कुनै पनि धर्म स्वतन्त्र नभएको बताए । धर्म आफैंभित्र खोज्न हिन्दू धर्मले स्वतन्त्रता दिएको उनले बताए ।
राजनीतिक स्थिरता आइसकेपछि धर्मका बारेमा जनमत संग्रह हुनुपर्छ,’ महामन्त्री कोइरालाले भने, हिन्दू धर्म राख्ने कि धर्म निरपेक्ष राख्ने, जममतसंग्रह गर्नुपर्छ ।’
जनमतसंग्रहमा राजनीतिक दलको हस्तक्षेप हुन नहुने उनले बताए । महामन्त्री कोइरालाले भने, ‘जनतालाई स्वतन्त्र छोडिदिनुपर्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।