नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार शेखर कोइरालाले मतदान गरेका छन् । काठमाडौंमा जारी १४औं महाधिवेशनअन्तर्गत सोमबार भइरहेको निर्वाचनमा कोइरालाले मतदान गरेका हुन् ।
राष्ट्रियसभा गृहको मतदान केन्द्रमा पुगेर उनले मतदान गरेका हुन् । सभापतिका उम्मेदवार शेरबहादुर देउवाले पनि मतदान गरिसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।