अमेरिकाको टेक्सास गोली प्रहार : एकको मृत्यु, १४ जना घाइते
फरकधार / २७ मंसिर, २०७८

अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा एकजनाको मृत्यु भएको छ । देशको दक्षिणी क्षेत्रमा भएको घटनामा परी अरू १४ जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् ।



घाइते भएकामध्ये एकको घटनास्थलमै मृत्यु भएपनि बाँकी तीनजनाको अवस्था गम्भीर रहेको चिकित्सकहरूको भनाइ छ । 

सबै घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटना आइतबार राति भएको हो । भिडभाड र हल्ला भइरहेको बेला अज्ञात व्यक्तिले गोली प्रहार गरेको अधिकारीहरूले जानकारी दिएका छन् ।  



घटनाका बारेमा विस्तृत अनुसन्धान भइरहेको समाचारमा जनाइएको छ । 



  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार १३:४७:२२,   अन्तिम अपडेट : मंसिर २७, २०७८ साेमबार १३:४८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया