कांग्रेस निर्वाचन : दुई घण्टामा ६०० मत खस्यो, मत हाल्न एक जनालाई ५५ मिनेटसम्म लाग्यो

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज मतदान भइरहेको छ । मध्याह्न बजेदेखि सुरु भएको मतदानमा दिउँसो २ बजेसम्म ६०० मत खसेको छ । निर्धारित समय बिहान ९ बजेभन्दा ३ घण्टा ढिलो गरी मतदान सुरु भएको थियो । दिउँसो २ बजेसम्म ६०० जना महाधिवेशन प्रतिनिधिले मतदान गरेको निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिए ।

अहिलेसम्म सभापतिका उम्मेदवार शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधि, उपसभापतिका उम्मेदवारद्वय विजयकुमार गच्छदार र सुजाता कोइराला, गृहमन्त्री बालकृष्ण खाँण, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीलगायतले मतदान गरिसकेका छन् भने अन्य नेता तथा महाधिवेशन प्रतिनिधिहरू मतदानका लागि लाइनमा बसेका छन् । 

मतदानका लागि राष्ट्रिय सभागृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था मिलाइएको छ । मतदानस्थलमा ११ सय बुथको व्यवस्था गरिएको छ पदाधिकारी सदस्यसहित १३४ पदका लागि निर्वाचन भइरहेको छ । कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि चार हजार ७४३ जनाले मतदान गर्नेछन् ।

मतदानका लागि एक जनालाई ४५ देखि ५५ मिनेटसम्म समय लागेको निर्वाचन समितिले जनाएको छ । केन्द्रीय समितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि ४८० जनाले उम्मेदवारी दिएका छन् । ​





  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार १४:४९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया