कांग्रेस महाधिवेशन : खस्यो एक हजार ३६५ मत

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज भएको मतदानमा एक हजार ३६५ मत खसेको छ । यो अपराह्न ३ः३० बजेसम्मको विवरण हो ।

मतदान राष्ट्रिय सभा गृहमा एक ठाउँ र भृकुटीमण्डपको प्रदर्शनी हलसँगै परिसरमा गरी दुई ठाउँमा मतदान भइरहेको छ ।
 
केन्द्रीय निर्वाचन समितिले राष्ट्रिय सभा गृहमा ५१३ र भृकुटीमण्डपका दुई स्थानमा ८५२ मत खसेको जनाएको छ । 

मतदान सभापतिसहित १३४ पदमा भइरहेको हो । कांग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले पहिलो मतदान गरेका थिए । मतदाताहरूलाई मतदान गर्न आधा घण्टा बढी लाग्ने गरेको छ । मतदाताको संख्या चार हजार ७४३ जना रहेका छन् ।
 





  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार १६:१६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया