नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान भइरहेको छ । भृकुटीमण्डप, राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदान भइरहेको छ ।
१३ पदाधिकारीसहित १३४ सदस्य केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ । शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिको दौडमा छन् ।
उनीहरुको चुनावी प्रसारप्रचारमा प्रयोग गरिएको ब्रोसरसहितका कागजले प्रदर्शनी मार्ग ढाकेको छ । भुइँनै ढाकिने गरी प्रचारप्रसारमा प्रयोग गरिएका ब्रोसरसहितका कागज छरिएका छन् ।
न्युज कारखाना
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।