जनकपुरधाममा कोरोनाविरुद्धको खोप बिक्री गरिरहेका २ जना पक्राउ

जनकपुरधाममा कोभिड-१९ को खोप अवैधानिक रूपमा बिक्री गरिरहेका दुईजना स्वास्थ्यकर्मीलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको महोत्तरी गाउँपालिका-२ स्थित स्वास्थ्यचौकीमा कार्यरत पाँचौ तहका हेल्थ असिस्टेन्ट अजकुमार साह र उनका सहयोगी कृष्णकुमार यादव रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले जनाएको छ ।
 
नेपाल सरकारले निःशुल्क रूपमा दिँदै आएको भ्याक्सिन १५ हजार रुपैयाँसम्ममा बिक्री गरिरहेको सूचनाको आधारमा उनीहरुलाई अख्तियारको टोलीले पक्राउ गरेको हो।

अख्तियारको टोलीले उनीहरूलाई लुकीछिपी भ्याक्सिन बिक्री गरिरहेका अवस्थामा जनकपुरधामस्थित बसपार्कबाट ३ थान भ्याक्सिनसहित पक्राउ गरेको छ । उनीहरूले ७ हजारको दरले ३ थान भ्याक्सिन बिक्री गरेको स्वीकार समेत गरेको बताइएको छ ।

उनीहरूले लामो समयदेखि ५ हजारदेखि १५ हजारसम्म खोप बिक्री गर्दै आएको सूचना स्थानीय यूवाहरूले अख्तियारलाई दिएसँगै टोलीले सक्रियतासाथ दुबैजनालाई पक्राउ गरेको छ ।





  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार १७:७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया