नेपाली कांग्रेसको जारी १४ औँ महाधिवेशनमा नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय थपिएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार सोमबार राति ९ बजेसम्म मतदान गर्न गरी समय थपिएको हो ।
यसअघि सोमबार बिहान ८ बजेदेखि ५ बजेसम्म मतदानको कार्यतालिका थियो । तर, सोमबार बिहान २ घण्टा ढिलो गरी ११ बजेबाट सुरु भएको थियो ।
सोमबार अपरान्ह साढे ४ बजेसम्म दुई हजार मत खसेको कांग्रेस निर्वाचन समिति प्रवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिए । ४७ सयभन्दा बढी मतदाता रहेकाले मतदानको समय थपिएको हो ।
१३ पदाधिकारीसहित १३४ सदस्य केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ । शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिको दौडमा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।