अर्थतन्त्र सुधारमा बीमा र धितोपत्र बोर्डको महत्त्वपूर्ण भूमिका : मन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बिमा र धितोपत्र बोर्डले नेपालको अर्थतन्त्रमा टेवा पुर्याएको बताएकी छन् । 

सोमबार बीमा समितिको नयाँ भवनको शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले अर्थतन्त्र सुधारमा यी दुई क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताएकी हुन् । उनले भनिन्, 'हामीले पहिलेदेखि भन्दै आएको विषय हो नियमनकारी निकायको कामका लागि सबैभन्दा पहिले घर, सुरक्षा र अनुगमनको लागि जडित संयन्त्र चाहिन्छ । संयोगले अहिले त्यो बन्ने भएको छ ।' 

उनले आफूले सुविधासम्पन्न र गुणस्तरयुक्त भवन निर्माण गर्ने प्रतिबद्धता गरेको त्यो पूरा गरेर छाड्ने बताइन् । उनले नियमनकारी निकायले राम्रो वातावरणमा काम गर्न पाए मात्रै सोचेको नतिजा प्राप्त हुने भन्दै समयमै भवन निर्माणको काम पूरा गर्न पनि निर्देशन दिइन् ।





  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार १८:२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया