महाधिवेशन प्रतिनिधिलाई रामचन्द्रले चियापानका लागि बोलाए

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जारी १४ औं महाधिवेशनमा सहभागी मतदाताहरुलाई चियापानका लागि बोलाएका छन् । 

उनले प्रतिनिधिहरुलाई मंगलबार बिहान ८ बजे लैनचौर ब्यान्क्वेटमा चियापानका लागि बोलाएको उनको सचिवालयले जानकारी दिएको छ । 

पौडेलले जारी महाधिवेशनको प्रकृयाबाट आफू अलग भएको बताएका थिए र आज जारी मतदानमा उनी सहभागी भएनन् । 

इतरपक्षबाट आफू साझ उम्मेदवार बन्न नेता पौडेलले प्रयास गरेको भएपनि सहमति जुट्न नसक्दा उनी समग्र प्रकृयाबाट बाहिरिएका हुन् । इतर पक्षबाट शेखर कोइराला र प्रकाशमान सिंह चुनावी प्रतिस्पर्धामा छन् । 





  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार १९:३८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया