कांग्रेस महाधिवेशन : ८ बजेसम्ममा साढे ३ हजार गरे मतदान
फरकधार / २७ मंसिर, २०७८

नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गतको निर्वाचनमा बेलुका बजेसम्म ३ हजार ५०९ जनाले मतदान गरेका छन् । 



बेलुका ८ बजेसम्म सो संख्यामा मतदान भएको महाधिवेशन मिडिया सेन्टरका संयोजक डा सुरेश आचार्यले जानकारी दिए । महाधिवेशनमा ४ हजार ७४३ मतदाता छन् । अझै १२ सयभन्दा धेरै मतदाताले मतदान गर्न बाँकी छ ।

कांग्रेसको जारी १४ औं महाधिवेशनमा कूल १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मतदानका लागि राष्ट्रियसभा गृहमा एक र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ । 



विहान ८ बजेबाट सुरु गर्ने भनिएको मतदान मतपत्र छपाइमा ढिलाइ भएको भन्दै मध्याह्न १२ बजेपछि मात्र सुरु भएको थियो । 



कांग्रेसको सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा शेखर कोइराला र कल्याण गुरुङ उम्मेदवार छन् ।

  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार २०:२४:१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया