नेपाली कांग्रेसको महाधिवेशनको मतदान जारी छ । निर्वाचन समितिले मतदान गर्ने समय साढे १० बजेसम्म तोकेको छ ।
मतगणना राति १ बजेदेखि सुरु गर्ने तयारी भएको छ । राति १ बजेदखि सभापतिको मतगणना सुरु गर्ने तयारी भएको कांग्रेस निर्वाचन समितिका एक सदस्यले बताए ।
मतदान सकिएपछि आवश्यक प्रक्रिया सम्पन्न गरेर १ बजेदेखि मतगणना सुरु गर्न लागिएको उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।