चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिअन्तर्गतको अन्तर्राष्ट्रिय विभाग (आइडिसिपिसी) उपमन्त्री चेन चाओ र नेकपा (एमाले)का महासचिव शंकर पोखरेलबीच् भिडियो वार्ता भएको छ ।
सो वार्तामा उपमन्त्री चेनचाओले पोखरेलको पदभार ग्रहणमा बधाई दिँदै दुई पार्टी बीचका अन्तरसम्बन्धित विचारलाई अझ बढी बलियो बनाउँदै लैजाने विचार व्यक्त गरे ।
महासचिव पोखरेलले चिनियाँ कम्युनिस्ट पार्टी र एमालेबीच पुरानो सम्बन्ध रहेको र आगामी दिनमा सम्बन्धलाई थप प्रगाढ बनाउने बताए । एमालेको १०औँ महाधिवेशन भव्य र सभ्य रूपमा सम्पन्न भएको उनले जानकारी गराए ।
उपमन्त्री चाओले यही मंसिर २८ गते नेपालमा संसद् बस्न लागेको र बैठकमा एमसिसी र अन्य प्रस्तावमा पुनर्विचार गर्नका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल भएको जानकारी गराए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।