कांग्रेस महाधिवेशनको मतदान सम्पन्न
फरकधार / २८ मंसिर, २०७८

नेपाली कांग्रेसको जारी महाधिवेशनको मतदान सम्पन्न भएको छ । 



निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार अहिले मुचुल्का उठाउने काम भइरहेको छ ।

घिमिरेले भनेका छन्, ‘मतदानको कार्यक्रम सकियो । अहिले मुचुल्का उठाउने काम भइरहेको छ ।’ 



महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदातामध्ये ४ हजार ६ सय ७९ ले मत खसालेका छन्। 



मतदान सकिएपछि सोमबार राति २ बजेबाट राष्ट्रिय सभागृहमा सभापतिको मतगणना गर्ने तयारी छ। 

बिहान ११ बजेपछि सुरु भएको मतदान १२ घण्टामा राति साढे ११ बजे सम्पन्न भएको हो । 

शीर्षस्थ नेतृत्वका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।

  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार ०:०:४,   अन्तिम अपडेट : मंसिर २८, २०७८ मंगलबार ०:३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया