कांग्रेस महाधिवेशन
१७०६ मत गणना हुँदा देउवाको अग्रता कायमै, पछ्याउँदै शेखर कोइराला

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना जारी नै छ । अहिलेसम्म १७०६ मत गणना भइसकेको निर्वाचन समितिले जनाएको छ । 

समितिका अनुसार १७०६ मत गणना गर्दा शेरबहादुर देउवाले नै अग्रता लिएका छन् । उनले यो अवस्थासम्म ८११ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका शेखर कोइरालाले ६२६ पाएका छन् । 

त्यस्तै, प्रकाशमान सिंहले १४९, विमलेन्द्र निधिले ९७ र कल्याण गुरुङले ६ मत प्राप्त गरेका छन् । मतगणना आज बिहान ४ बजेदेखि सुरु भएको हो । 

महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदातामध्ये ४ हजार ६ सय ७९ ले मतदान गरेका थिए । सभापतिका लागि निर्वाचित हुन कम्तिमा ५१ प्रतिशत मत चाहिन्छ । त्यो भनेको २३४० मत हो ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त नगरे धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुन्छ ।  





  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार ६:३४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया