कांग्रेस अधिवेशन
१९०६ मत गणना गर्दा देउवालाई ९१२, कोइरालालाई ६९४ मत
फरकधार / २८ मंसिर, २०७८

काठमाडौंमा भइरहेको नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना जारी छ । निर्वाचन समितिका अनुसार १९०६ मत गणना भइसकेको छ ।  



यो अवस्थासम्म शेरबहादुर देउवाको अग्रता कायमै छ । उनले ९१२ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका शेखर कोइरालाले ६९४ पाएका छन् । १९०६ मत गणना गर्दा कोइरालाभन्दा देउवा २१८ मतले अगाडि छन् । 

त्यस्तै, प्रकाशमान सिंहले १५९, विमलेन्द्र निधिले ११२ र कल्याण गुरुङले ७ मत प्राप्त गरेका छन् । मतगणना आज बिहान ४ बजेदेखि सुरु भएको हो । 

महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदातामध्ये ४ हजार ६ सय ७९ ले मतदान गरेका थिए । सभापतिका लागि निर्वाचित हुन कम्तिमा ५१ प्रतिशत मत चाहिन्छ । त्यो भनेको २३४० मत हो ।



पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त नगरे धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुन्छ । 

  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार ६:४०:५७,   अन्तिम अपडेट : मंसिर २८, २०७८ मंगलबार ६:४२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया