नेपाली कांग्रेस १४ औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना जारी छ । हालसम्म २२०६ मत गणना भएको छ । जसमा शेरबहादुर देउवाले सबैभन्दा बढी १०५१ मत ल्याएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी शेखर कोइरालाले ७९३ मत प्राप्त गरेका छन् । त्यस्तै, प्रकाशमान सिंहको २०५, विमलेन्द्र निधिको १७४ र कल्याण गुरुङले १० पाएका छन् ।
सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो । नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ ।
कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । खसेको मतको आधारमा पहिलो चरणमै सभापति चुनिन २३४१ मत प्राप्त गर्नुपर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।