नेपाली कांग्रेस १४ औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना जारी छ ।
हालसम्म २ हजार ७ सय ७७ मत गणना भएको छ । जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले १३१८ मत प्राप्त गरेका छन् ।
उनलाई निकटतम प्रतिस्पर्धी शेखर कोइराला पछ्याइरहेका छन् ।
कोइरालाले १०२३ र प्रकाशमान सिंहले २०५ मत पाएका छन् । विमलेन्द्र निधिले १६६ मत पाउँदा कल्याण गुरुङले १२ मत मात्र प्राप्त गरेका छन् ।
सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो । नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।