नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनअन्तर्गत सभापति पदको जारी मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् ।
अहिलेसम्म ३२८२ मतगणना हुँदा देउवाले १५५६ मत (४७.१ प्रतिशत), पाएका छन् । उनलाई पछ्याइरहेका शेखर कोइरालाले ११९७ मत (३६.४७ प्रतिशत) पाएका छन् ।
प्रकाशमान सिहंले २५७ मत (७.८३ प्रतिशत) पाउँदा विमलेन्द्र निधिले २०१ मत (६.१२ प्रतिशत) पाएका छन् । कल्याण गुरुङले १७ मत (०.५१ प्रतिशत) पाएका छन् ।
सोमबार मतदान भएकोमा रातिदेखि सबै प्रदेशको तीन ठाउँबाट गणना भइरहेको हो । ४७४३ मतदाता रहेकोमा नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ ।
कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । खसेको मतको आधारमा पहिलो चरणमै सभापति चुनिन २३४१ मत प्राप्त गर्नुपर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।