वेस्ट इण्डिजमाथि पाकिस्तानको शानदार जित

पाकिस्तानले पहिलो टी–२० क्रिकेट खेलमा वेस्ट इण्डिज​लाई पराजित गरेको छ । घरेलु मैदान कराँचीमा ६३ रनको जितसँगै पाकिस्तानले तीन टी–२० को शृंखलामा १-० को अग्रता बनाएको हो । 

२०१ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिज १९ ओभरमा १३७ रनमा अलआउट भयो । उसका ओपनर शाई होपले सर्वाधिक ३१ रन बनाए । ओडियन स्मिथले २४ रनको योगदान दिए । 

पाकिस्तानका बलर मोहम्मद वासिम जुनियरले ४ विकेट लिए । यस्तै, शादब खानले ३ विकेट लिए । यसअघि कराँचीमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय रन बनाएको थियो ।

पाकिस्तानका मोहम्मद रिजवानले सर्वाधिक ७८ रन बनाए । यस्तै, हैदर अलीले ६८ रनको योगदान दिए । वेस्ट इन्डिजका रोमारियो शेफर्डले २ विकेट लिए । दोस्रो खेल आज हुनेछ ।   





  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार ८:४४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया