४२७८ मत गन्दा देउवाले पाए २०४६ मत, अब ४०१ मत गणना बाँकी

नेपाली कांग्रेस सभापतिका लागि भएको चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ । 

नेपाली कांग्रेस १४ औं महाधिवेशनमा सभापतिका लागि कुल ४ हजार ६७९ मत खसेकामा ४ हजार २७८ मत गणना भएको छ । 

निर्वाचन समितिका अनुसार शेरबहादुर देउवाले  २ हजार ४६ मत प्राप्त गरेका छन् । शेखर कोइरालाले १ हजार ५६८ मत पाएका छन् । यसैगरी प्रकाशमान सिंहले ३३५, विमलेन्द्र निधिले २३९ र कल्याण गुरुङले २० मत पाएका छन् । 

कुल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेकामा  ४ हजार ६७९ मत खसेको थियो । जितका लागि २३ सय ४० मत ल्याउनुपर्ने छ । ५० प्रतिशत मत नकटेमा दोस्रो चरणमा चुनाव हुनेछ ।





  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार ८:४७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया