नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सभापतिको चुनाव दोस्रो चरणमा जाने सम्भावना बढेसँगै शेरबहादुर देउवाले तयारी थालिसकेका छन् ।
दोस्रो चरणमा मतदान हुने पक्का थाहा पाइसकेपछि देउवाले आफ्नो दूतहरूलाई शीर्ष नेताहरू कहाँ पठाउन सुरु गरेका हुन् ।
दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना बढेपछि देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रकाशनमान सिंहनिवास चाक्सीबारीमा पठाएका छन् ।
यो महाधिवेशनमा सिंह पनि उम्मेदवार थिए । तर, उनी पराजित भइसकेका छन् । कांग्रेस दोस्रो चरणको निर्वाचन पनि आजै हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।