कांग्रेस महाधिवेशन : सभापतिका लागि दाेस्राे चरणकाे मतदान आजै हुने
फरकधार / २८ मंसिर, २०७८

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि पुन: मतदान हुने भएकाे छ।



पहिलाे चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेकाे हुनाले दाेस्राे चरणमा मतदान हुन लागेकाे हाे ।

निर्वाचन समितिले दाेस्राे चरणकाे मतदान आजै गर्ने तयारी गरेकाे छ । समितिले केहीबेरमै यसकाे बारेमा निष्कर्ष निकाल्ने बताएकाे छ ।



पहिलाे चरणकाे मतदानमा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले दुई हजार २५८ मत पाउँदा शेखर काेइरालाले एक हजार ७२९ मत प्राप्त गरे । यसैगरी विमलेन्द्र निधिले २४९ भाेट ल्याउँदा प्रकाशमान सिंहले ३७१ र कल्याण गुरुङले २० भाेट ल्याए । ७७ भाेट बदर भएकाे निर्वाचन समितिले जनाएकाे छ ।




 

  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार ९:२९:१६,   अन्तिम अपडेट : मंसिर २८, २०७८ मंगलबार ९:३८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया