कांग्रेस महाधिवेशन : सभापति निर्वाचनमा ७७ मत बदर
फरकधार / २८ मंसिर, २०७८

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएकाे मतदानमा ७७ मत बदर भएकाे छ ।



उक्त पदका लागि ४ हजार ६८१ मत खसेकाे थियाे । जसमध्ये ७७ मत बदर भएकाे हाे ।

सभापतिका उम्मेदवार शेरबहादुर देउवाले दुई हजार २५८ मत पाउँदा शेखर काेइरालाले एक हजार ७२९ मत प्राप्त गरे । यसैगरी विमलेन्द्र निधिले २४९ भाेट ल्याउँदा प्रकाशमान सिंहले ३७१ र कल्याण गुरुङले २० भाेट ल्याए ।



सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ । पहिलाे चरणकाे मतदानमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा पुनः मतदान हुने भएको हो । विधानअनुसार उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्नुपर्दछ ।



दाेस्राे चरणकाे मतदान आजै हुने निर्वाचन समितिले जनाएकाे छ ।

  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार ९:४१:३९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया