प्रकाशनमानलाई फकाउन चाक्सीबारी पुगे देउवा

निवर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेस नेता प्रकाशमान सिंहलाई भेट्न चाक्सीबारी पुगेका छन् । 

महाधिवेशन चुनाव दोस्रो चरणमा गएपछि देउवा सिंहलाई भेट्न उनको निवास चाक्सीबारी पुगेका हुन् । आफू सिंहनिवास जानुअघि देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई पठाएको थियो । सिंह र खाँणबीचको कुराकानी सकारात्मक भएपछि देउवा पनि चाक्सीबारी पुगेका हुन् ।

कांग्रेस नेतृत्वको चुनावमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको छ । दोस्रो चरणको मतदानमा प्रकाशमानको निर्णायक मानिएको छ । उनले पहिलो मतगणनामा ३ सय भन्दा बढी मत ल्याएका थिए ।  





  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार ११:१७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया