प्रधानमन्त्री शेरबहादुर देउवा नेता विमलेन्द्र निधि निवासमा पुगेका छन्।
अहिले देउवा र निधिबीच छलफल भइरहेकाे छ ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापतिको पदको लागि दोस्रो चरणको निर्वाचन आज दिउँसो साढे ३ बजेबाट सुरु गरिने भएको छ ।
पहिलाे चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नपाउँदा दाेस्राे चरणकाे निर्वाचन हुन लागेकाे हाे ।
यसअघि नै देउवा सभापतिका अर्का उम्मेदवार प्रकाशमान सिंह निवास चाक्सीबारी पुगेर उनको समर्थन हासिल गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।