एलन मस्क टाइम म्यागेजिनको ‘पर्सन अफ द इयर’

टाइम म्यागेजिनले वर्ष २०२१ को ‘पर्सन अफ द इयर’ मा एलन मस्कको नाम छनोट गरेको छ । मस्क टेस्लाको मुख्य कार्यकारी हुन् । 

मस्कलाई यस्तो वर्ष टाइम म्यागेजिनले पर्सन अफ द इयर घोषणा गरेको छ जुन वर्ष उनको कार निर्माण गर्ने कम्पनी टेस्ला संसारको सबैभन्दा महंगो कम्पनी बनेको छ । 
यस वर्ष मस्को सम्पत्ति पनि उल्लेखनीय रुपमा बृद्धि भएको छ । उनी संसारको सबैभन्दा धनी व्यक्तिमा समेत परेका छन् । 

पर्सन अफ द इयरमा मस्को नाम घोषणा गर्दै टाइम म्यागेजिनका प्रधान सम्पादक एडवर्ड फेलसेन्थलले भने, ‘समाजमा सबैभन्दा साहसी र ठूलो परिवर्तन, टेक टाइटन्स युगको सम्भावनालाई मूर्त रुप दिने र समाजमा व्याप्त संकटको समाधान खोजेका कारण मस्कलाई टाइम पर्सन अफ द इयर २०२१ घोषणा गरिएको हो ।’ 

एलन मस्क स्पेसएक्सको पनि संस्थापक सिइओ हुन् । यसको अलवा ब्रेन–चिप स्टार्टअप न्यूरोलिङ्क तथा इन्फ्रास्ट्रक्चर फर्म द बोरिङ्ग कम्पनीको पनि उनले नेतृत्व गरिसकेका छन् । गत वर्ष टाइम म्यागेजिनले यो उपाधि अमेरिकी उपराष्ट्रपति कमला हैरिसलाई दिएको थियो । 





  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार १३:८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया