सप्तरी– सप्तरीकाे हनुमाननगर कंकालिनीमा बराह क्षेत्रबाट फर्किएकाे बस दुर्घटनामा पर्दा पाँच जनाकाे मृत्यु भएकाे छ । दुर्घटनामा दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।
बराह क्षेत्रकाे मेलाबाट फर्किएका यात्रु बाेकेकाे को १ ख २७९९ नम्बरकाे बस दुर्घटनामा परेकाे हाे । बस बाटाे छेउमा रहेकाे पाेखरीमा खसेकाे प्रहरीले जनाएकाे छ ।
राजिवराज जाँदै गरेकाे बस बेलुका ८ बजे दुर्घटनामा परेकाे प्रहरीले जनाएकाे हाे ।
घटनामा घाइते भएका धेरैको अवस्था चिन्ताजनक रहेको र मृतककाे संख्या बढ्न सक्ने प्रहरीले जनाएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।