नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापति पदको दोस्रो चरणको निर्वाचन भइरहेको छ ।
मंगलबार भएको निर्वाचनमा सभापति पदका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार अपराह्न सवा ३ बजेपछि दोस्रो चरणको निर्वाचन भइरहेको छ ।
पहिलो चरणको निर्वाचनमा शेरबहादुर देउवा, शेखर कोइरालासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । तर, दोस्रो चरणमा भने देउवा र कोइराला मात्र छन् ।
अहिले मतदान चलिरहँदा मतदानस्थलमा प्रकाशमानले शेरबहादुरलाई भोट मागिरहेका छन् । सोमबार आफूलाई सभापतिमा निर्वाचित गर्न भन्दै भोट मागेका प्रकाशमानले मंगलबार देउवालाई जिताउन भोट मागेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।