कांग्रेस सभापति निर्वाचन मतगणनाको तयारी, मतपेटिका राष्ट्रिय सभागृहमा पुर्याइयो

नेपाली कांग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको मतदान सम्पन्न भएको छ । मतदान सम्पन्न भएपछि अहिले तीनवटै मतपेटिका राष्ट्रिय सभागृहमा पुर्याइएको छ । 

मतगणना गरिने केही समयमा गरिने निर्वाचन सिमतिले जनाएको छ । दोस्रो चरणमा चार हजार तीन सय ७५ मत मात्रै खसेको छ । 

सो निर्वाचनका लागि कुल ४ हजार ७४३ प्रतिनिधि छन् । यसअघि कुल ४ हजार ६ सय ८१ मत खसेको थियो । 

मंगलबार साढे ३ बजेदेखि सुरु भएको मतदान राति ९ बजे सकिएको हो । सभापतिमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा छ । 

निर्वाचनको परिणाम आजै राति आउने निर्वाचन समितिले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार २२:१२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया