३ सय मत गन्दा देउवाको ५० को अग्रता

नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको दोस्रो चरणको मतगणनामा ३ सय मत गनिएको छ। 

निर्वाचन समितिले दिएको जानकारीअनुसार ३ सय मत गन्दा शेरबहादुर देउवाले १ सय ७४ मत ल्याएका छन् । यो उनले सभापतिका अर्का प्रत्याशी शेखर कोइरालाभन्दा ५० मत बढी ल्याएका हुन् । कोइरालाले १ सय २४ मत ल्याएका छन् ।

निर्वाचन समितिले दिएको जानकारीअनुसार २ मत बदर भएका छन् । 

कांग्रेसमा सभापति छान्न मंगलबार अबेर दोस्रो चरणको मतदान सम्पन्न भएको थियो ।





  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार ०:२४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया