७ सय मत गनियो, देउवाको ४०९, कोइरालाको २७४
फरकधार / २९ मंसिर, २०७८

नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको दोस्रो चरणको मतगणनामा ७ सय मत गनिएको छ । 



निर्वाचन समितिले दिएको जानकारीअनुसार ७ सय मत गन्दा शेरबहादुर देउवाले ४०९ मत ल्याएका छन् । सभापतिका अर्का प्रत्याशी शेखर कोइरालाले २७४ मत ल्याएका छन् ।

कांग्रेसमा सभापति छान्न मंगलबार अबेर दोस्रो चरणको मतदान सम्पन्न भएको थियो । निर्वाचनमा ४५६३ मत खसेको थियो । सभापतिमा निर्वाचित हुनका लागि २२८२ मत ल्याउनु पर्ने हुन्छ ।





  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार ०:३०:१६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया