‘सिआइआई कन्म्याक’मा कराडौँका निर्माण उपकरण

काठमाडौं– भक्तपुरमा जारी सिआइआई कन्म्याक २०१८ मा १५० भन्दा बढी प्रदर्शकले आफ्ना उपकरण तथा प्रविधि प्रर्दशन गरिरहेका छन् । २ लाख ५० हजार वर्गफिटको आयोजनास्थलमा हुन्डाई, कोमात्सु, केज, सेनीलगायत निर्माण कम्पनीका उपकरण तथा प्रविधि देख्न पाइन्छ । 

भारतीय उद्योग परिसंघ सिआइआईको आयोजनामा भक्तपुरको सल्लाघारीस्थित ओपन ग्राउन्डमा सुरु भएको प्रदर्शनी २२ देखि २४ नोभेम्बरसम्म चल्नेछ ।

प्रदर्शनीले निर्माण व्यवसायीलाई हाल अन्तर्राट्रिय स्तरमा उपलब्ध उत्कृष्ट उपकरण तथा प्रविधिको जानकारी दिई निर्माण क्षेत्रको अभिवृद्धि गर्ने आयोजकको दाबी छ । 

हुन्डाई 

नेपालका लागि हुन्डाईका उपकरणहरू बिक्री गर्दै आएको कन्स्ट्रक्सन सोलुसन प्रालिले सिसिआई कन्म्याक एक्स्पोमा ५ वटा निर्माण उपकरण राखेको छ । कम्पनीले एक्स्पोमा एस्काभेटरका ५ वटा मोडल राखेको हो । 

यीमध्ये, सबैभन्दा ठूलो ३४० स्मार्ट मोडल छ । यसको तौल ३४ टन छ । यस्तै, २२० एल, १४० एलसी ९, आर ८० र आर ३५ मोडलका एस्काभेटर प्रदर्शनीमा छन् । 
नेपालमा हुन्डाईको निर्माण उपकरणअन्तर्गत सबैभन्दा बढी साढे २२ टनको २२० एल स्मार्ट एस्काभेटर बिक्री हुने गरेको कम्पनीको दाबी छ ।



१ सय ५० हर्स पावरको उक्त मेसिनको इन्जिनमा फ्युल फिलो सिस्टम जडान गरिएको छ । क्याबिनको बनावट अन्य कम्पनीको उपकरणभन्दा फरक छ । एसी क्याबिन भएकाले यसमा अपरेटरले २० घण्टासम्म काम गर्दा पनि थकान नलाग्ने कम्पनीको दाबी छ ।  

६ सिलिन्डर इन्जिन भएको मेसिनले प्रतिघन्टा १५ देखि १६ लिटर इन्धन खपत गर्छ । कम्पनीका सेल्स एन्ड मार्केटिङ प्रमुख नारायण खड्काका अनुसार एड्भान्स प्रविधिको स्मार्ट उपकरणमा क्याबिनमा क्यापो सिस्टम छ, जसबाट अपरेटरले सजिलै खपत भइरहेको इन्धन, मेसिनको कन्डिसनलगायतको जानकारी पाउँछन् । 



प्रदर्शनीभर यो २ लाख छुटसहित ९४ लाखमा उपलब्ध हुनेछ । साथै, कम्पनीले प्रत्येक खरिदकर्तालाई ४ दिनसम्म थाइल्यान्ड घुम्न जाने अफर दिएको छ । 

यस्तै, २२० एल स्मार्टमा लाग्ने रक ब्रिकलको बुकमा प्रदर्शनीभर भारी छुटको व्यवस्था छ । १ करोड १४ लाख मूल्यको यो मेसिन प्रदर्शनी अवधिभर बुकिङ गर्ने ग्राहकले ८ लाख छुटसहित १ करोड १४ लाखमा प्राप्त गर्नेछन् । 

यस्तै, १ करोड ५० लाखको ३४० स्मार्ट मोडलमा ५ लाख, ७२ लाख पर्ने १४० एलसीमा ३ लाख, ५५ लाख पर्ने आर ८० स्मार्टमा ३ लाख र ४५ लाख पर्ने आर ३५ स्मार्टमा २ लाख छुट छ । 

जेसिबी 

जेसिबीका निर्माण उपकरण बिक्री गर्ने एमएडब्लु अर्थमुभर्स प्रालिले प्रदर्शनीमा ११ वटा उपकरण राखेको छ । 

कम्पनीले प्रदर्शनीमा एस्काभेटर, लोडेल, कम्प्याक्टरका ४ नयाँ उपकरण सार्वजनिक गरेको छ । 

न्यु थ्री डिएक्स सुपर, जेसिबी २१५, जेसिबी ३८० एलसी एक्स्ट्रा, जेसिबी ११६ विथ कम्प्याक्ट ट्रोनिक्स मेसिन सार्वजनिक भएका हुन् । यस्तै, कम्पनीले लोडेलका २ मोडल पनि प्रर्दशनीमा राखेको छ ।

७ मिटर मोडलको मूल्य ४४ लाख ५० हजार तथा ११ मिटर मोडलको ५१ लाख पर्ने कम्पनीले जनाएको छ । जेसिबी ३८० को मूल्य १ करोड ९० लाख छ । यसको वजन ३८ टन छ । खरिदकर्ताका लागि ३ दिन युके घुम्ने अफर छ । 

कोमात्सु

कोमात्सुका निर्माण उपकरण बिक्री गर्दै आएको कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले प्रदर्शनीमा ४ वटा उपकरण ल्याएको छ । जसमा, एउटा मोटर ग्रेडर र ३ वटा एस्काभेटर छन् । 

पिसी ७१ मोडलको एस्काभेटरको मूल्य ५१ लाख तथा पिसी २१० मोडलको मूल्य १ करोड ११ लाख छ । 

प्रदर्शनीमा राखिएको मोटर ग्रेडरमा अटो लोड सेन्सिभ सिस्टम र फुल एसी क्याबिन छ । १२ फिटको ब्लेड भएको यस उपकरणमा १४५ हर्स पावर छ । यसले ८ देखि १० लिटर प्रतिघन्टा तेल खपत गर्छ । 

कम्पनीका अनुसार, जुनसुकै मोडल बुकिङ गर्ने ग्राहकले एक हप्ता जापान घुम्ने अवसर पाउँछन् ।

सेनी

नेपालका लागि सेनीका निर्माण उपकरण बिक्री गर्दै आएको भजुरत्न एजेन्सी प्रालिले प्रदर्शनीमा ३ एस्काभेटरसहित मोटर ग्रेडर उपकरण राखेको छ ।  

एस्काभेटरमा एसवाई ८० सिनाइन, एसवाई २२० सी ९ र एसवाई १४० सी ९ छन् । एसएजी १६० मोडलको ग्रेडर छ । 

ग्रेडरको मूल्य १ करोड २० लाख छ । ब्लेड ९० डिग्रीमा घुम्छ, जसले गर्दा नाली खन्न सहज हुनेछ । मेसिनले १५  देखि १६ लिटर प्रतिघन्टा तेल खपत गर्छ ।

कम्पनीले प्रदर्शनी अवधिभर बुकिङ गर्ने ग्राहकलाई एस्काभेटरमा ५ हजार घन्टा वारेन्टी तथा चाइना टुर वा एप्रिला बाइकको अफर राखेको छ । 

केज

केज कन्स्ट्रक्सनका निर्माण उपकरण बिक्री गर्दै आएको जगदम्बा मोटर्सले प्रदर्शनीमा ५ वटा मेसिन ल्याएको छ । कम्पनीले ब्याक लोडरका २ मोडल, रोलर तथा मोटर ग्रेडरहरु प्रदर्शनीमा उतारेको हो ।

कम्पनीले ८४५ बी मोडलको ग्रेडर पनि प्रदर्शनीमा ल्याएको छ । ब्राजिलमा बन्ने उक्त गे्रडर १५० देखि १७३ हर्स पावर क्षमताको छ । उक्त मेसिनमा पनि एसी क्याबिन रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार प्रदर्शनीमा बुकिङ गर्ने ग्राहकले ग्रेडर बुकिङमा ब्राजिल घुम्ने, ब्याक लोडरमा अपाची बाइक प्राप्त गर्ने कम्पनीले जनाएको छ । 
 

  • प्रकाशित मिति : मंसिर ८, २०७५ शनिबार १२:१२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया