शेखर कोइरालाले पनि कटाए एक हजार मत

नेपाली कांग्रेसमा सभापति चुन्नका लागि मंगलबार भएको निर्वाचनको मत परिणाम आइरहेको छ । निर्वाचन समितिले अहिलेसम्म २६५७ मत गनिसकेको जनाएको छ । 

यसमा शेरबहादुर देउवाले १५९८ मत पाएका छन् । शेखर कोइरालाले १ हजार ३८ मत पाएका छन् ।

कांग्रेसमा सभापति छान्न मंगलबार अबेर दोस्रो चरणको मतदान सम्पन्न भएको थियो । निर्वाचनमा ४५६३ मत खसेको थियो । सभापतिमा निर्वाचित हुनका लागि २२८२ मत ल्याउनु पर्ने हुन्छ ।

यसअघि पहिलो चरणको निर्वाचनमा सभापतिका आकांक्षी पाँचै जनाले ५० प्रतिशत मत ल्याउन सकेका थिएनन् ।





  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार १:२५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया