४ सय मत गन्न बाँकी हुँदै देउवा निर्वाचित

नेपाली कांग्रेसको सभापति चुन्न मंगलबार भएको निर्वाचनमा शेरबहादुर देउवाले जित निकालेका छन् । उनले ३८१९ मत गन्दा नै २२८८ मत ल्याएका छन् । 

उनका प्रत्याशी शेखर कोइरालाले १५०१ मत ल्याएका छन् ।

निर्वाचन समितिले दिएको जानकारीअनुसार ३० मत बदर भएको छ ।

कांग्रेसमा सभापति छान्न मंगलबार अबेर दोस्रो चरणको मतदान सम्पन्न भएको थियो । निर्वाचनमा ४५६३ मत खसेको थियो । सभापतिमा निर्वाचित हुनका लागि २२८२ मत ल्याउनु पर्ने हुन्छ ।

यसअघि पहिलो चरणको निर्वाचनमा सभापतिका आकांक्षी पाँचै जनाले ५० प्रतिशत मत ल्याउन सकेका थिएनन् ।





  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार २:६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया