१० औं महाधिवेशनमा पनि सभापति हुन चाहन्थे देउवा
फरकधार / २९ मंसिर, २०७८

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका छन् शेरबहादुर देउवा । पाँचौ पटक नेपालको प्रधानमन्त्री समेत बनेका देउवा पार्टी नेतृत्वमा पुगेको यो दोस्रो पटक हो ।



यसअघि उनी १३ औं महाधिवेशनबाट पनि सभापतिमा निर्वाचित भएका थिए । 

त्यति बेला उनले रामचन्द्र पौडेललाई सभापतिमा हराएका थिए । त्यतिबेला पनि दोस्रो चरणमा कृष्णप्रसाद सिटौलाको साथ पाएपछि देउवाले सभापति पद आफ्नो पोल्टामा पारेका थिए । 



अहिले चाहिँ सभापतिका प्रत्याशी शेखर कोइरालालाई पराजित गर्दै दोस्रो पटक देउवा कांग्रेस सभापतिमा निर्वाचित भएका हुन् । यसका लागि उनलाई सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र शशांक कोइरालाको समर्थन थियो ।



देउवा खासमा १० औं महाधिवेशनमा नै पार्टी सभापति हुन चाहन्थे । उनले त्यतिबेला गिरिजाप्रसाद कोइरालासँग सभापतिमा उम्मेदवारी दिएका थिए । 

तर, उनी पराजित भए । 

उनले ०५९ साल जेठ ८ गते संकटकाल लम्ब्याउने निर्णय गरेपछि गिरिजाप्रसाद कोइरालाले उनलाई पार्टी सदस्यतासमेत नरहने गरि कारवाही गरेका थिए । अनि उनले ०५९ साल असोज ४ गते पार्टी फुटाएका थिए । उनले त्यति बेला बनाएको पार्टीको नाम थियो– कांग्रेस प्रजातान्त्रिक ।

त्यसको पाँच वर्षपछि देउवाले फेरि कांग्रेससँग एकीकरण गरेका हुन् ।

  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार ३:१:४३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया