वेष्ट इण्डिजसँगको टी-२० सिरिज पाकिस्तानले एक खेल अगावै जित्यो

वेस्ट इण्जिसविरुद्वको टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा घरेलु टोली पाकिस्तान ९ रनले विजयी भएको छ । गएराति भएको दोस्रो टी-२० जितेसँगै पाकिस्तानले एक खेलअगावै तीन खेलको सिरिज २–० ले जितेको छ ।   

१ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इण्डिजले २० ओभरमा सबै विकेट गुमाएर १६३ रन मात्र बनाउन सक्यो । ​उसका लागि ब्राण्डन किङले ६७ रनको अर्धशतकीय पारी खेले । ४३ बलको सामना गरेका उनले ६ चौका र ३ छक्का प्रहार गरे । 

रोमारियो शेफर्डले अविजित ३५ रन जोड्दा कप्तान निकोलस पूरनले २६ रन बनाए । बलिङमा शाहिनशाह अफ्रिदीले तीन, मोहमद नवाज, मोहमद वासिम जुनियर र हरिस राउफले दुई/दुई विकेट लिए । एक विकेट रन आउटको रूपमा प्राप्त भयो ।

यसअघि कराँचीस्थित नेसनल स्टेडियममा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७२ रन बनाएको थियो । उसका इफ्तिखर अहमदले सर्वाधिक ३२ रन जोड्दा हैदर अलीले ३१ रन बनाए । शादब खान २८ रनमा अविजित रहे ।

बलिङमा ओडियन स्मिथले दुई, अकिल होसेन, ओसेन थोमस ,रोमारियो शेफर्ड र हाइडेन वाल्सले एक/एक विकेट हात पारे । दुई विकेट भने रन आउटको रूपमा प्राप्त भयो ।

सिरिजको पहिलो खेलमा पाकिस्तान ६३ रनले विजयी भएको थियो । यी दुई टिमबीचको अन्तिम तथा तेस्रो खेल बिहीबार हुनेछ ।  





  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार ७:०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया