४.२ डिग्रीमा झर्‍याे काठमाडौंको तापक्रम, अन्य ठाउँकाे कति?
फरकधार / २९ मंसिर, २०७८

नेपालमा चिसो झन बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहितका सहरमा दिउँसो घाम लागे पनि बिहान र राति तापक्रम घट्ने गरेको छ । 



पछिल्लो २४ घन्टामा काठमाडौंको तापक्रम ४.२ डिग्री सेल्सियसमा झरेको छ । यहाँको अधिकतम तापक्रम पनि २० डिग्री रहेको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ४ डिग्री रहँदा अधितम तापक्रम १५.४ डिग्री मात्र छ ।

धनगढीको तापक्रम ८.३ डिग्रीमा झरेको छ, त्यहाँ अधिकतम तापक्रम २४ डिग्री छ ।



नेपालगन्जको न्यूनतम तापक्रम ९, विराटनगरको ५.९, पोखराको ८ र विराटनगरको ९.५ डिग्री रहेको छ ।  मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।



बुधबार बिहान पहाडी क्षेत्रमा आंशिक बदली  रहेको छ ।

  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार ७:४१:४२,   अन्तिम अपडेट : मंसिर २९, २०७८ बुधबार ७:४४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया