नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् ।
प्रधानमन्त्रीसमेत रहेका देउवा कांग्रेसको १४ औँ महाधिवेशनबाट दोस्रो पटक सभापतिमा निर्वाचित भएका हुन् ।
नेपालले फेसबुकमा लेखेका छन्, ‘दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनु भएकोमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।