प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले मन्त्रीहरूको आवास सरकारी भवनलाई नै बनाउने बताएका छन् ।
उनी स्वयंले पनि आजबाट सुनसरी मोरङ सिँचाइ आयोजनाको सरकारी भवनलाई आवासको रूपमा प्रयोग गर्न थालेका छन् ।
सरकारी भवनमा सर्दै मुख्यमन्त्री राईले निजी भवनमा भाडामा बस्दा सरकारको खर्च बढ्ने भन्दै प्रदेशका सबै मन्त्रीहरू सरकारी भवनमा नै बस्ने व्यवस्था मिलाएकाे जानकारी दिए ।
खाली सरकारी भवनको खाजी कार्य भइरहेको र चाँडै अरू मन्त्रीहरूलाई पनि सरकारी भवनमै आवास मिलाउने उनकाे भनाइ छ ।
उनले काठमाडाैंमा रहेको मुख्यमन्त्रीको सम्पर्क कार्यालय र क्वाटर पनि बन्द गरिएको बताए।
उनका अनुसार मासिक ४ लाख रुपैयाँभन्दा बढी भाडा काठमाडाैं सम्पर्क कार्यालयका लागि सरकारले तिर्दै आएकाे थियाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।