आजबाट खोप लगाएका नेपाली विद्यार्थी अष्ट्रेलिया जान पाउने

कोरोना महामारीका कारण लामो समयदेखि अन्तर्राष्ट्रिय सीमा बन्द गरेको अष्ट्रेलियाले आजबाट सीमा खुला गरेको छ ।

योसँगै अब कोरोनाको दुवै डोज खोप लगाइसकेका अन्तर्राष्ट्रिय विद्यार्थी, दक्ष कामदार, शरणार्थी, अष्ट्रेलियामा रहेकाको परिवारहरु अष्ट्रेलिया जान पाउने छन् । नेपालको लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले सो जानकारी दिएकी हुन् । 

‘आज डिसेम्बर १५ बाट पूर्ण खोप लगाइसकेका अन्तर्राष्ट्रिय विद्यार्थी, दक्ष आप्रवासी कामदार, शरणार्थी, मानविय, अस्थायी पारिवारिक भिसा भएकाहरुलाई अष्ट्रेलिया खुला भएको छ,’ भोल्कले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छन् । 

अष्ट्रेलियाको यो निर्णयले भिसा लिएर बसेका सयौं नेपाली विद्यार्थीलाई राहत पुगेको छ । अध्ययन गर्नको लागि भिसा लिएर बसेका नेपाली विद्यार्थीहरु कोरोनाको दुवै डोज खोप लगाएर अब अष्ट्रेलिया जान पाउने छन् । 

त्यति मात्र होइन अष्ट्रेलियामा अध्ययनरत तथा बिभिन्न क्षेत्रमा आवद्ध नेपालीहरुले आफ्ना परिवारका सदस्यहरुलाई पनि खोप लगाएर अष्ट्रेलिया बोलाउन सक्नेछन् । 

बिभिन्न शैक्षिक परामर्श संस्थाहरूका अनुसार करिव ५ हजार नेपाली विद्यार्थी कोरोनाका कारण अष्ट्रेलिया अध्ययन गर्न जान पाएका थिएनन् । अब उनीहरुको लागि बाटो खुला भएको छ । 





  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार ११:२२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया