पुटिन र म्याक्रोँबीच फोनवार्ता

रुसी राष्ट्रपति भ्लादिमिरि पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँबीच फोनवार्ता भएको छ । उनीहरूबीच मंगलबार फोनमा कुराकानी भएको बताइएको छ । उनीहरूबीचमा खासगरी युरोपेली युनियन र बेलारुसबीचको आप्रवासी विवादका विषयमा कुराकानी भएको बताइएको छ ।

कुराकानीका क्रममा पुटिनले र म्याक्रोँसँग यस विवादको समाधान शान्तिवार्ताबाट गर्नुपर्नेमा जोड दिएका थिए । साथै यस कुराकानीका क्रममा युक्रेनका बारेमा पनि छलफल भएको थियो । युक्रेनको पछिल्लो अवस्थाका बारेमा पुटिनले म्याक्रोँलाई जानकारी गराउनुभएको थियो । 

वार्ताका क्रममा दुई देशका राष्ट्रप्रमुखहरूका बीचमा हालैका दिनमा विश्वमा कोभिड–१९ ले पारेको प्रभावका बारेमा कुराकानी पनि भएको र उनीहरू यो महामारीको नियन्त्रणका लागि संयुक्त रूपमा मिलेर लड्ने बारेमा सहमति भएको थियो ।  





  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार १२:३४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया