कांग्रेस निर्वाचन समितिले बोलायो बैठक, आज उपसभापति पदको मात्र मतगणना हुने सम्भावना

नेपाली कांग्रेसको निर्वाचन समितिले बैठक बोलाएको छ । समितिले पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएको हो । बैठक केही बेरमा सुरु हुँदैछ ।

स्रोतका अनुसार बैठकले आज उपसभापति पदको उम्मेदवारको मात्र मतगणना गर्ने निर्णय गर्ने सम्भावना छ । गएराति सम्पन्न दोस्रो चरणको सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भएपछि निर्वाचन समितिले बाँकी पदाधिकारीको मतगणना पनि आजै गर्ने तयारी गरेको थियो । 

तर, आज उपसभापति पदको मात्र मतगणना गर्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ । कांग्रेस १४ औँ महाधिवेशनमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका थिए ।

१ सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मतदानका लागि राष्ट्रियसभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको थियो ।   





  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार १३:९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया