महिला एकदिवसीय विश्वकपकाे खेल तालिका सार्वजनिक

महिला एकदिवसीय विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिता आगामी मार्च ४ देखि अप्रिल ३ सम्म न्युजिल्यान्डमा हुनेछ । 

आइसिसीले सार्वजनिक गरेको तालिकाअनुसार विश्वकपको उद्घाटन खेलमा आयोजक न्युजिल्यान्डले वेस्ट इन्डिजको सामना गर्नेछ । यो खेल बे ओभलमा हुनेछ ।

साविक विजेता इंग्ल्यान्डले मार्च पाँचमा अस्ट्रेलियसँगको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ । यो खेल सेडन पार्कमा हुनेछ ।

प्रतियोगितामा आयोजक न्युजिल्यान्ड, इंग्ल्यान्ड, अस्ट्रेलिया, भारत, वेस्ट इन्डिज, पाकिस्तान बंगलादेश र दक्षिण अफ्रिकाले सहभागिता जनाउने छन् ।

सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने विश्वकपको शीर्ष ४ टोलीले सेमिफाइनमा स्थान बनाउनेछन् । 

कुल ३१ खेल हुने विश्वकप बे ओभल तौरन्गा, सेडन पार्क हामिल्टन, बसिन रिजर्व वालिङटन, हेग्ली ओभल क्राइस्टचर्च, युनिभर्सिटी ओभल डुनेडिन र इडेन पर्क अक्ल्यान्डमा सञ्चालन हुनेछ । 



तालिका :



  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार १४:२२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया