प्रदेश २ काे प्रदेश सभा बैठक ९ दिनका लागि स्थगित

प्रदेश २ को बुधबार बसेको आठौं अधिवेशनको पहिलो बैठकमा दुईवटा अध्यादेश पेस भएसँगै प्रदेश सभा बैठक ९ दिनका लागि स्थगित भएको छ । 

सामाजिक विकासमन्त्री नवल किशोर साहले प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ र प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ प्रदेशसभामा पेश गरेका हुन् ।

सुरुमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा)ले अध्यादेश पेस गर्न नदिएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो । 

प्रदेशसभाको आजको कार्यसूचीमा प्रदेशको नामाकरण तथा राजधानी तोक्नेसम्बन्धी प्रस्तावलाई हटाइएको थियो ।

प्रदेश सभाको अर्को बैठक पुस ८ गते बिहीवार दिनको १ बजे बस्ने छ ।





  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार १४:३६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया