शेरबहादुरले सभापति पद जित्दा शेखरले सम्मान जिते : नीलाम्बर आचार्य

पूर्वराजदूत नीलाम्बर आचार्यले नेपाली कांग्रेसको सभापतिमा भिडेका शेखर कोइरालाले सम्मान जितेको बताएका छन् । उनले सामाजिक सञ्चालमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै शेरबहादुर देउवाले सभापति पद जिते पनि कोइरालाले सम्मान जितेको बताएका हुन् ।

उनका अनुसार सभापतिका अन्य प्रत्यासीले सभापतिको पदसँगै सम्मान पनि गुमाएका छन् । 'शेखर कोइरालाले सम्मान जितेका छन्, शेरबहादुर देउवाले सभापति पद । सभापतिका अन्य प्रत्यासीले दुवै कुरा हारेका छन्,' आचार्यले भनेका छन् ।

कांग्रेसको १४ औँ महाधिवेशनबाट सभापतिमा देउवा निर्वाचित भएका हुन् । देउवाले निकटतम प्रतिद्वन्द्वी डा. शेखर कोइरालालाई हराउँदै सभापतिमा दोस्रो पटक निर्वाचित भएका हुन् ।

दोस्रो चरणमा खसेका मतमध्ये देउवाले २ हजार ७२४ अर्थात् ५९.५ प्रतिशत मत ल्याएका छन् । उनका प्रतिस्पर्धी कोइरालाले १ हजार ८१७ मत ल्याए ।

महाधिवेशनमा पहिलो चरणमा देउवा र सभापतिका अन्य प्रत्यासी कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा मतदान भएको थियो ।





  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार १४:५४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया