एमाले दक्षिणपन्थी विसर्जनवादी पार्टी : मन्त्री झाँक्री

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेकपा एमाले दक्षिणपन्थी विसर्जनवादी पार्टी रहेको बताएकी छन् ।

बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री झाँक्रीले एमाले विघटन भएसँगै एकीकृत समाजवादी थप मजबुत र संगठित हुने दाबी गरिन् ।

एकीकृत समाजवादीकी सचिवसमेत रहेकी मन्त्री झाँक्रीले चितवनमा एमालेले गरेको १० औँ महाधिवेशनले विधान सम्मेलनलाई लत्याउँदै भीड जम्मा गरेर विचार, संगठन रूपान्तरण गर्नबाट चुकेको बताइन् ।

संसद चल्न नदिएकोप्रति टिप्पणी गर्दै उनले प्रमुख प्रतिपक्षी दल एमालेको भूमिका रचनात्मक हुनुपर्ने अपरिहार्यता रहे पनि पटक पटक संसद विघटनकै कारण संसदप्रति वास्ता नगरेको आरोप लगाइन् ।

अहिले एमालेले गरिरहेको संसद अवरुद्धले केहि फरक नपर्ने बताउँदै उनले भनिन्, ‘पटक पटक एमालेले संसद विघटन गर्दै आएकोले एमाले लोकतान्त्रिक मूल्यमान्यतामा आधारित संसदीय व्यवस्थाप्रति प्रतिवद्ध छैन ।’

मन्त्री झाँक्रीले ०७१ देखि ०७८ सालसम्म एमालेको नेतृत्व गर्दै आएका केपी शर्मा ओलीले राजनीतिक समीक्षा, संसद् विघटन संवैधानिक वा असंवैधानिकलगायतका विभिन्न क्रियाकलापको सिंहावलोकन समेत नगरेर मानवीय संवेदना नै नभएका अमानवीयहरूको भीड जम्मा गरेको आरोप लगाइन् ।



उनले बुधबार जनकपुरधाममा तीनवटा प्रादेशिक प्रयोगशाला भवनलगायतका शिलान्यास तथा उद्घाटनसमेत गरिन् ।



  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार १६:५६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया